नक्कली बिरामी बनाई एम्बुलेन्स दुरुपयोग गरेको आरोपमा सल्यानमा ४ जना पक्राउ
बैशाख २ सल्यान
सल्यानमा एम्बुलेन्स दुरुपयोग गरेको आरोपमा ४ जना पक्राउ परेका छन । सरकारले कोरोना भाईरस कोभिड १९ को संक्रमण हुन नदिन र उच्च स्वास्थ्य सतर्कता अपनाउन गरेको लकडाउनमा झुठो कागजपत्र र नक्कली बिरामी बनाई एम्बुलेन्स दुरुपयोग भएको खबर पाएपछि प्रहरिले पक्राउ गरेको हो।
गत चैत्र ३० गते राती १० बजे रुकुमबाट दाङ तर्फ जाँदै गरेको मानव परोपकार तथा समाज कल्याण केन्द्र दाङको रा १ च ५१२ नम्बरको एम्बुलेन्स र एम्बुलेन्समा सवार ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
झुठो कागजपत्र र नक्कली बिरामी बनाई यात्रुलाई ओसार पसार गरेको गोप्य सूचनाका आधारमा बागचौर नगरपालिकाको सिमखोलीमा रहेको प्रहरी चेक प्वाइन्टबाट एम्बुलेन्स त्यसमा सवार नक्कली बिरामी सहित ३ जना र चालकलाई पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख डिएसपि ढकेन्द्र खतिवडाले बताएका छन।
पक्राउ पर्नेमा दाङको लमही नगरपालिका ३ बस्ने मिनराज सुबेदी,रबिन चौधरी,डिट्टु चौधरी र एम्बुलेन्स चालक शान्तिनगर २ बाघमारेका गिरिराज खत्री रहेको प्रहरिले जनाएको छ। पक्राउ परेकाहरुले चितवनको भरतपुरमा रहेको अस्पतालमा जानको लागि एम्बुलेन्समा सवार एक ब्यक्तिलाई गम्भीर बिरामी बनाई उक्त ब्यक्ति र सवार सम्पुर्णको नाम थर परिवर्तन गरि पास बनाएको प्रहरी प्रमुख खतिवडाले बताए।
पक्राउ परेको एम्बुलेन्स र त्यसमा सवार चालक सहित ३ जना नक्कली ब्यक्तीलाई अहिले ईप्रका थारमारेमा राखिएको छ।उनिहरुलाई लकडाउन उल्लंघन,एम्बुलेन्स दुरुपयोग,नक्कली कागजपत्र बनाएको अभियोगमा मुद्दा चलाउने तयारी भैरहेको र अनुसन्धान जारी रहेको प्रहरिले बताएको छ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







