सल्यानमा र्यापिड टेष्ट सुरु , १७ जनाको रिर्पोट नेगेटिभ
वैशाख १, सल्यान
सल्यानमा कोरोनाको द्रुत परीक्षण र्यापिड टेष्ट सुरु गरिएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट जिल्लाका आएकाहरुमा कोरोनाको सक्रमण हुन सक्ने भएकाले पहिलो चरणमा भारत र तेस्रो देशबाट आउकाहरुमा र्यापिड टेष्ट सुरु गरिएको हो ।

स्थानीय तहले निमाण गरेका क्वारेनटाइनमा बसी रहेका व्यक्तिहरुको र्यापिड टेष्ट गरिने स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताए ।
उनल भने क्वारेनटाइनमा १४ दिनको अवधि पुरा गरी घर फर्फाउनु भन्दा अघि ¥यापिड टेष्ट गरिन्छ । र्यापिड टेष्टमा पोजेटिभ देखिए आइसोलेसनमा राखी स्वाब परीक्षण गरिने उनको भनाई छ ।
र्यापिड टेष्टबाटै कालिमाटी गाउँपालिका ७ घुइयाबारीमा बसी रहेका १४, शारदा नगरपाकिला २ लुहापिङ्गमा १ र सल्यान जिल्ला अस्पतालमा २ जनाको परीक्षण गरिएको छ । परीक्षणमा सबैको रिर्पोट नेगेटिभ देखिएको कार्यालयले जनाएको छ । र्यापिड टेष्टबाट १५ मिनेटमै कोरोना भाइरसको परीक्षण गर्न सकिने भएकाले छोटो अवधिमै धेरैजनाको परीक्षण गर्न सकिनेछ
भारत लगायत तेस्रो मुलुकबाट जिल्ला फर्किएका व्यक्तिहरुको कोरोना भाइरस कोभिड १९ संक्रमणको परीक्षण गर्न ६ सय २० आएडिटी किट उपलब्ध भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । कोभिड १९ को शंस्कापद ४३ जनाको स्वाब परीक्षण गरिएकोमा ३ जनाको रिपोएट नेगेटिभ आएको छ भने बाँकी ४० जनाको रिर्पोट आउन बाँकी रहेको छ ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह