शारदा नगरपालिकाद्धारा एक सय दश बिपन्न परिवारलाई खाद्यान्न वितरण
चैत्र २१ सल्यान
सल्यानको शारदा नगरपालिकाले दैनिक मजदुरी गर्ने विपन्न परिवारहरुलाई खाद्यान्न वितरण गरेको छ । निम्न आर्थिक अवस्था भएका परिवारहरुको पहिचान गरी खाद्यन्न वितरण गरेको हो ।
लकडाउनको समयभित्र अत्यावश्यक दैनिक सामग्री जोहो गर्न नसक्ने, ज्याला मजदुरी गरि परिवार चलाइ रहेका निम्न आर्थिक अवस्था भएका परिवारहरुको पहिचान गरि खाद्यान वितरण गरेकोे नगरप्रमुख शुरेस अधिकारीले बताए । उन अनुसार खाद्यनमा दाल, चामल, नुन, तेल र सरसफाईको लागी साबुन वितरण गरिएको छ ।
लकडाउनको अवधीभर पुग्ने गरी शारदा नगरपालिका भित्रका सबै विपन्न परिवाहरुलाई खाद्यान वितरण गरिने उनले बताए ।

नगरपालिकाले १ सय १० जनालाई राहत वितरण गरेको जनाएको छ । ४ वडा नम्वर २० जना , वडा नम्वर १ मा १९ जना २ मा ७१ जनालाई वितरण गरिएको छ । नगरपालिकाका अनुसार अन्य वडाको विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने ब्यक्तिहरुको लगत संकलन भैरहेको र संख्या एकिन हुन वित्तिकै राहत वितरण गरिने छ । नगरपालिकाले विपन्न परिवारलाई १५ दिन पुग्ने गरी खाद्यान्न राहत उपलब्ध गराएको जनाएको छ
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।