जिल्ला अस्पताल सल्यानको क्वारेन्टाइनमा ५ जना: कोरोना परिक्षणका लागी नमुना संकलन गरिदैँ
सल्यान १७, चैत ।
जिल्ला अस्पताल सल्यानको क्वारेन्टाइनमा एकै परिवारका ५ जनालाई राखिएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ निगालचुँला, माझखर्कमा ज्वरो आउने लगाएतका लक्षण देखिएपछि एकै घरका पाँच जनालाई जिल्ला अस्पताल सल्यानको क्वारेन्टाइनमा राखिएको हो । उनीहरुलाई गएराती ९ वजे तीर अस्पतालमा ल्याईएको हो ।

भारतको सिम्ला, रुरुमा मजदुरी गरेर गत चैत १० गते घर फर्किएका ३६ बर्षिय पुरुषलाई घर आएपछि ज्वरो आउने, टाउको दुख्ने शुरु भएको थियो । उनलाई ज्वरो सन्चो नभएपछि घरमा रहेका २७ बर्षिया श्रीमती, ११ बर्षिया छोरी, ८ बर्षिय र ५ बर्षिय छोरालाई समेत अस्पतालको क्वारेन्टाईनमा राखिएको छ ।
तर ३६ बर्षिय पुरुषमा सामान्य ज्वरो आउने लक्षण भएपनि अन्यमा कुनै समस्या नभएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार वुढाले जानकारी दिनुभयो । ‘सबैको अबस्था सामान्य छ, भारतबाट फर्किएका पुरुषमा मात्रै ज्वरोसँग मिल्दो जुल्दो लक्षण छ’ उहाँले भन्नुभयो ।
उहाँका अनुसारमा ती पुरुषमा कोरोनाको संक्रमण भए नभएको बारेमा पत्ता लगाउन आज नमुना संकलन गरिदैँ छ । प्रदेश सरकारले नमुना संकलन गर्नको लागी टोली आज सल्यान अस्पतालमा पठाउन लागेको हो । परिक्षणका लागी पठाएको नमुनाको रिपोर्ट नआएसम्मको लागी ती पाँचै जना जिल्ला अस्पतालमा रहेको क्वारेन्टाईनमा बस्ने छन् ।
बनगाड कुपिण्डेका पाँच जनामा ज्वरो आएपछि जिल्ला अस्पताल ल्याइदै
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।