सल्यानमा बस दुर्घटना हुदा सहचालकको मृत्यु
चैत्र १४ सल्यान
सल्यानमा गएराती बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका ८ काटिगाउँबाट दुलधारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस काटीगाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परि दाङ तुलसीपुर उपमहानगरपालिका ४ बस्ने गाडी सहचालक सुजन नेपालीको उपचारको क्रममा कोहोरपुरमा मृत्यु भएको । यस्तै दुर्घटनामा परि घाईते हुनेमा शारदा नगरपालिका ८ बस्ने अन्दाजी २६ वर्षिय सुरेन्द्र सिजुवाल, शोही ठाउँ बस्ने २८ वर्षिय थमन चलाउने, शारदा नगरपालिका ५ को २७ वर्षिय खेमराज बुढाथोकीको जिल्ला अस्पताल सल्यानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभएको छ । बस सडकबाट झन्डै ५० मिटर तल खसेको छ । गाडीको टायर मर्मत गर्न दुलधारा पोखरा आउने क्रममा बस दुर्घटना भएको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भई रहेको प्रहरीको भनाई रहेको छ ।
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री
- त्रिवेणीमा नेपाल निजामती कर्मचारी युनियन गठन
- समाजका लागि काम गर्नुपर्छ जन्मप्रति पश्चाताप हैन: अध्यक्ष रावत
- सल्यानको त्रिवेणीमा वडामै योजना सम्झौता
- सल्यानमा ट्याटर दुर्घटना हुँदा चालकको मृत्यु
- तुल्सी अस्पतालको आयोजनामा निशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न : २ सयले लिए सेवा