कर्णालीका सबै मन्त्रीले एक महिनाको तलब दिने
सुर्खेत – कोरोना रोकथाम तथा नियन्त्रणको लागि कर्णाली प्रदेशका मुख्यमन्त्री र सबै मन्त्रीले एक एक महिनाको तलब दिने भएका छन् ।
प्रदेश सरकारले बनाएको प्रदेश विपद् व्यवस्थापन कोषमा मुख्यमन्त्रीसहित सबैले एक महिनाको तलब राख्ने निर्णय बिहीबारको मन्त्रिपरिषद्को बैठकले गरेको छ ।
यस्तै पछिल्लो समय विदेशबाट आएका नागरिकलाई कोरोनाको आशंकामा जाँच गरिने भएको छ । गाउँ गाउँमा पुगेर विदेशबाट आएका व्यक्तिको खोजी गर्ने र त्यसको लागि पालिकासँग समन्वय गर्ने प्रदेश सरकारले जनाएको छ ।
यसैगरी कोरोनाको शंका लागेकाहरुको उपचार गर्न कर्णाली प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाईै एक एक करोड तथा चौरजहाजरी सामुदायिक अस्पताल रुकुम पश्चिमलाई ५० लाख रुपैयाँ दिने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
धेरैले पढेको