कपुरकोटमा संचालित हेल्थ डेक्समा २८ हजारको स्वास्थ्य परीक्षण
चैत १२, सल्यान
सल्यानको कपुरकोटमा सञ्चालित हेल्थ डेस्कमा हालसम्म २८ हजारको स्वास्थ्य परीक्षण गरिएको छ । फागनु १ गतेबाट सञ्चालित हेल्थ डेस्कबाट २८ हजार ८ सय ८१ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।
अहिलेसम्म हेल्थ डेस्कमा परीक्षण गरिएका कुनै पनि व्यक्तिमा कोरोना भाइरससँग मिल्ने लक्षण फेला नपरेको हेल्थ डेस्कका फोकल पर्सन देवेन्द्र कुमार सेनले जानकारी दिए । नेपाल सरकारले लकडाउनको घोषणा गरेसँगै कपुरकोट नाकाबाट निकै कम मात्रामा सर्वसाधारण हिडडुल गरि रहेको उनको भनाई छ ।
कोरोना भाईरसबाट जोगिन र रोगीको पहिचान गर्न भन्दै कर्णाली प्रदेश सरकार र कपुरकोट गाउँपालिकाको समन्वयमा हेल्थ डेस्क स्थापना गरिएको छ ।
यस्तै सल्यानको बालुवासंहग्रीमा थप हेल्थ डेस् स्थापना गरिएको छ । बनगाड कुपिन्डे नगरपालिका १० बालुवासंग्रहीमा नेपाली सेनाले हेल्थ डेस्क स्थापना गरेको हो । जिल्लाका दुई नाका मध्ये कपुरकोट नाकामा मात्र हेल्थ डेस्क स्थापना गरिएको थियो ।
सुर्खेतको केही भाग, जाजरकोट, डोल्पा, रुकुम पश्चिम जिल्लाको नाकाको रुपमा रहेको जिल्ला प्रवेश गर्ने हेल्थ डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । नेपाली सेनाको जनशक्ति र उपकरणको माध्यमबाट डेस्क स्थापना गरिएको उनको भनाई छ ।
भिडियो हेर्नुहोस ।
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।