सन्दीपले क्रिकेट रंगशालालाई दिने भए ७०,७८४
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग गर्ने भएका छन्। उनले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गतको शृंखलामा लिने हरेक विकेटमा सगरामाथाको उचाई (८,८४८) बराबर रंगशालालाई सहयोग गर्ने घोषणाअनुसार उक्त रकम सहयोग गर्ने भएका हुन्।
सन्दीपले नेपालसहित ओमान र अमेरिका सम्मिलित शृंखलाको अन्तिम खेलमा बुधबार अमेरिकाविरुद्ध ६ विकेट लिएका छन्। उनले ६ ओभर बलिङ गर्दै १ मेडनसहित ६ विकेट हात पारेका हुन् । उनले १६ रन खर्चिए। त्यस्तै उनले शनिबार अमेरिकासँगकै पहिलो खेलमा २ विकेट लिएका थिए। यससँगै उनको कुल ८ विकेट भएको हो।
हरेक टिमसँग दुई÷दुई खेलको शृंखलामा ओमानसँगको दुवै खेलमा भने सन्दीप विकेटविहीन भएका थिए।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







