चेतना सहकारीले कर्मचारीलाई लेखा व्यवस्थापन र सप्टवयरकाे काम सिकाउदै
नविन रावत/ माघ २८, सल्यान । सल्यानमा संचालित चेतना समाजिक उद्यमी सहकारी सस्था लिमिटेडले आफ्ना कर्मचारीहरुलाई लेखा व्यवस्थापन, सप्टवयर सम्वन्धी ३ दिने गोष्ठि तथा अर्धवार्षिक समिक्षा गोष्ठि संचालन गरेकाे छ ।
आजदेखी खलंगाकाे सुलभ होटेलमा सुरु भएकाे गाेष्ठीमा सस्थाका अध्यक्ष श्री फत्तेजंग घर्तिको अध्यक्षतामा संचालीत गोष्ठीमा सस्थाका संचालक समितिका उपाध्यक्ष लोकेन्द्र श्रेष्ठ कोषाध्यक्ष प्रेमा वस्नेत, सदस्यहरु गेदलाल सार्की, खिम कुमारी नेपाली, रिता आर्चाय, सिता विष्ट र लेखा समितिका संयोजक मेघराज भण्डारी र सदस्य प्रगती कुमारी गिरी को आथित्यतामा गोष्ठिको संचालन भएको थियो ।
सस्थाका कोषाध्यक्ष श्री प्रेमा बस्नेतको स्वागत मन्तव्य बाट कार्यक्रम सूरु भएको हो । सस्थाले हाल सम्म आईपुग्दा विपन्न वर्गमा चेतना सहकारी सस्था सवैको आँखाको नानी वन्न सफल भएको भन्दै सदस्यहरुलाई सेवा दिन आफुहरु निरन्तर लागी परेको वताईन ।
सहकारी सस्थाको मुल्य, मान्यता र सिद्वान्त लाई अनुसरन गर्दै चेतना सामाजिक उद्यमी सहकारी सस्था लि. वि.स. २०६८ साल चैत्र २७ गते स्थापना भई आफ्नो सेवाहरु विस्तार गर्दै आईरहेको छ । दलित, विपन्न, पिछडीएका वर्गमा सेवा दिने उद्वेश्यले सहकारीले ग्रामीण क्षेत्रमा सेवा दिने उदेश्यले स्थापना भएको सस्थाले आफ्नो सेवाहरु विस्तार गर्दै आईरहेको छ ।
संस्थाको आठौ वार्षिक साधारण सभा सम्म आई पुग्दा सल्यान जिल्ला भरी आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । हाल सम्म १० वटा सेवा केन्द्रहरु जिल्लाको खलंगा, लुहाम, कपुरकोट, थारमारे, कालीमाटि, सल्लीवजार, बाङ्गेलाखुरी र दार्मामा स्थापना गरी आफ्नो सेवा विस्तार गर्दैै आएको छ । ग्रामीण क्षेत्रमा समुह मोडेलमा लघुवित्त कार्यक्रम संचालन गर्दै हाल सम्म करिव १० हजार भन्दा वढी शेयर सदस्यहरु संग कारोवार गर्दै आईरहेको छ ।
सस्थाले आफ्नो आर्थिक वर्ष २०७६।०७७ को अर्धवार्षिक समिक्षा गोष्ठीमा आफ्ना कर्मचारीहरु लाई एकै ठाउमा भेला गराएर हाल सम्म भै गरेका गतिविधिका वारेमा छलफल गरिरहेको छ । जिल्लाका विभिन्न सेवा केन्द्रका सेवा केन्द्रहरु र अन्य फिल्ड सहायक कर्मचारीहरु लाई एकै ठाउमा भेला गराएर सेवा विस्तार देखी अन्य विभिन्न छलफलहरु चलाई रहेको छ ।
कार्यक्रममा बोल्दै सस्थाका अध्यक्षले कुनै पनि क्षेत्रमा उदेश्य विना कुनै काम सम्पन्न नहुने वताएका छन । सस्थाका विभिन्न गतिविधि गर्नु पुर्व लक्ष निर्धारण गरेर त्यस अनुसार अगाडी बढना कर्मचारीहरु लाइ निर्देशन दिएका छ ।
कार्यक्रमको संचालन सस्थाका कार्यकारी प्रमुख धन वहादुर नेपालीले गरेका थिए भने कार्यक्रमको व्यवस्थापन सस्थाका मूख्य कार्यालयका कर्मचारीहरुले गरेका थिए । उक्त कार्यक्रम तिन दिन सम्म चल्ने भएको छ ।
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
- श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न