खेती संगै पशु पालन ब्यवशायलाई पनि अघि बढाउनु पर्नेमा अध्यक्ष सेनको जोड
सल्यान २१, माघ ।
किसानका लागी बेमौसमी तरकारी खेती देखी सुन्तला खेती प्रविधि सम्मको तालिम कपुरकोटमा सुरु भएको छ । कपुरकोट गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सोमबार देखी विभिन्न कृषक समुहका ३० जना सहभागीलाई तालिम सुरु गरिएको हो ।
तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले कृषि संगै पशुपालन व्यवशायलाई पनि संगसंगै लैजाु’पर्नेमा जोड दिनु भयो । अर्गानीक तरकारि उत्पादन गर्न किसानहरुलाई आग्रह गर्दै उनले कम्पोष्ट मल उत्पादनका लागी पशुपालन ब्यवशायलाई संगै अगाडी बढाउनु पर्ने बताएका हुन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले प्राप्त ज्ञान, सिपलाई उपयोग गरेर आफ्नै खेतबारीमा परिश्रम पोख्ने हो भने मनग्य आम्दानी गर्न सकिने बताउजु भयो ।
तालिममा अदुवा वाली अनुसन्धान कार्यक्रमका कृषि प्राविधिकहरु रमेश चौधरी, सुर्य भुसाल लगाएत कृषि विकास शाखाका प्रशिक्षकहरुले बेमौषमी तरकारि खेती र यसका सिद्धान्त, नर्सरी व्यवस्थापन लगाएतका विषयमा प्रशिक्षण दिने छन् । यस्तै तालिममा तरकारी बालीमा प्रयोग हुने ट्रयाप तथा विषादी सम्बन्धी, रोग किरा ब्यवस्थापन, एकिकृत शत्रुजीव व्यवस्थापन सम्बन्धी जानकारि प्रदान गरिने कृषि विकास शाखाकी नाप्रास कमला वलीले जानकारी दिनु भयो । सोमबार बाट सुरु भएको तालिम बुधबार सम्म सन्चालन हुनेछ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री