सल्यानका दुई विद्यालयमा प्याड झिक्ने एटिएम मेसिन जडान गरियाे
माघ ८, सल्यान । सल्यान जिल्लामै पहिलो पटक छात्राका लागि स्यानिटरी प्याड उपलब्ध गराउने स्वचालित मेसिन जडान गरिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाको सहयोगमा विद्यालयहरुमा उक्त अटोमेटिक स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिएको हो।
गाउँपालिकाले पहिलो चरणमा वडा नम्बर ६ स्थित त्रिभुवन जनता मावि र वडा नम्बर १ को भानुभक्त माविमा बुधबार उक्त अटोमेटिक प्याड मेसिन जडान गरेको छ । त्रिभुवन जनता माबीमा भएको एक कार्यक्रमका बिच गाउँपालिका उपाध्यक्ष सीता केसि र कक्षा १० मा अध्ययनर छात्रा पिमा बुढाथोकीले सम्युक्त रुपमा प्याड मेसिनको उद्घाटन गरेका हुन।
महिनावारी भएकाबेला छात्राहरु विद्यालय नआउने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले पहिलो चरणमा २ वटा बिद्यालयमा उक्त प्याड मेसिन जडान गरेको प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले बताए ।
मेसिन जडानपछि महिनावारी भएका छात्राहरुपनी नियमित विद्यालय आउने अपेक्षा गाउँपालिकाको रहेको उनले बताए । उनका अनुसार छात्राहरूले एटिएमजस्तै मेसिनबाट स्यानिटरी प्याडको निशुल्क सुविधा पाउनेछन्।
मेसिन टाइम्स कम्पुलोजीले जाेड्याे
उक्त एटिएम मेसिन श्रीनगर स्थित टाइम्स कम्पुलोजीले जडान गरेकाे हाे । मेसिनमा स्मार्टकार्ड छिराएको १० सेकेन्ड भित्रै प्याड मेसिनबाट बाहिर खस्ने मेसिन बिक्रेता टाइम्स कम्पुलोजीका संचालक प्रकाश बाबू चन्दले बताए। उनका अनुसार बिधुत अबरुद्ध भएको समयमापनि मेसिनमा ५ घन्टासम्म धान्ने पावर ब्याकअप राखिएको छ।

गाउँपालिकाले प्याड मेसिन खरिदकालागि २ लाख बजेट बिनियोजन गरेको थियो।जडान गरिएका उक्त २ वटा मेसिनलाई गाउँपालिकाको स्वास्थ्य शाखाले १ लाख ९८ हजार मुल्यमा खरिद गरेको गाउँ स्वास्थ्य शाखाले जनाएको छ । गाउँ स्वास्थ्य शाखाका अनुसार आगामी बर्ष गाउँपालिकाका सम्पुर्ण माध्यमिक विद्यालयहरुमा उक्त मेसिन जडान गर्ने बताएको छ।
सामुदायिक विद्यालयमा महिनावारी भएको बेला छात्राहरु विद्यालय नआउने समस्या कारण छात्राको पठनपाठन गुणस्तरीय नभएका देखिएकाले उक्त मेसिन जडान गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताएका छन । मेसिन जडानपछि छात्राको उपस्थिति दर बढ्ने र पठनपाठन प्रभावकारी हुने अपेक्षा गरिएको उनले बताए।
मेसिनमा राखिएका प्याड बिद्यालय समयभित्र जुनसुकै समयमापनी निकाल्न सकिने विद्यालयले जनाएका छन। कक्षा ६ देखि १० सम्म प्रत्येक कक्षामा टिम लिडर सहित २ वटा ग्रुप बनाएको छ ।
आआफ्नो ग्रुपका छात्राहरुले टिम लिडर सङ स्मार्टकार्ड लिएर प्याड निकाल्न सक्ने त्रिभुवन जनता माबीका प्रअ जित बहादुर भन्डारीले बताए। सम्पुर्ण छात्राहरुलाई मेसिनमा स्मार्टकार्ड छिराएर प्याड निकाल्ने प्रक्रिया पनि सिकाएको उनले बताएका छन। छात्राहरुले प्याड निकाले वाफत पैसा तिर्नु नपर्ने उनले बताए ।
- Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2377
- Pin Up Казино – Официальный сайт Пин Ап вход на зеркало 2025.420
- Казино играть в онлайн Pin Up Casino – официальный сайт.4948 (2)
- Казино – Официальный сайт Pin Up Casino Входи и играй 2025.4114 (2)
- Pin Up Казино – Официальный сайт Пин Ап вход на зеркало.1469
- Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.3323 (2)







