सल्यानमा युवाहरुले गरे सामुहिक भैँसीपालन ब्यवसाय: लाखौ आम्दानी
माघ ५, सल्यान ।
शारदा नगरपालिका ५ रातामाटामा युवाले सामुहिक भैँसीपालन व्यवसाय सुरु गरेका छन्। उनीहरूले कम्पनीमार्फत ६० लाख वरावरको लगानी गरेर सामुहिक भैँसीपालन गरेका हुन्। यहाँका २३ युवाले छहरेखोला कृषि कम्पनीमार्फत व्यवसायिक रुपमा भैँसीपालन गरेका छन्।
गाउमा एक्ला एक्लै पालन गरेका भैँसीलाई एउटै कम्पनीमा ल्याएर पालन गरिएको छ। कम्पनीमा एक लाख बराबरको शेयर रहेको छ। शेयर राख्न नसक्नेले एक लाख बराबरको आफ्नो श्रमबाट पूर्ति गर्न सक्ने व्यवस्था गरिएको लालबहादुर कुमाईले बताए। सामुहिक भैँसी फर्ममा अहिले साना ठूला गरी ४० वटा भैँसी रहेका छन्। १८ वटा भैँसी दुधालु छन्। भैँसी फर्मबाट दैनिक १२० लिटर दूध बिक्री हुँदै आएको छ।
प्रतिलिटर ८० रुपैयाँमा बिक्री भइरहेको उनले बताए। कम्पनीको आफ्नै डेरी रहेको प्रदिप शाहीले जानकारी दिए। उनका अनुसार दैनिक २ सय लिटर दूधको माग आएको छ। साँझ विहान आएको माग पूरा गर्न सकिएको छैन। फर्ममा खर्च कटाएर १ लाख मासिक आम्दानी हुने गरेको छ।
फर्ममा भैँसी हुनेले एउटा भैँसी र नहुनले एक लाख शेयर राखेका छन्। सामुहिक भैँसीपालन गर्दा थोरै श्रम शक्तिबाट धेरै लाभ लिन सकिने कमला कुमाईको भनाई छ। उनले भनिन्, ‘गोठमा तयार भएको मल प्रयोग गरेर तरकारी खेती गर्ने योजना पनि बनाएका छौं। फर्ममा मनराजी र स्थानीय काठे जातको भैँसीपालन गरिएको छ।’
भैँसीको लागि आवश्यक पर्ने घाँसका लागि अहिले १२० रोपनी जग्गामा उन्नत जातका घाँसखेती गरिएको छ।
यसलाई ७ सय रोपनीमा खेती गर्ने जग्गा भाडामा लिएको किरण शाहीले बताए। उनले भने, ‘अवको दुई वर्षभित्र २५० भैँसीपालन गर्ने गरी व्यवस्थापन कार्य अघि वढाइएको छ।’ सामुहिक भैँसीपालनले यहाँका युवामा उत्साह छाएको छ।
सुरुमा सामुहिक रुपमा भैँसीपालन गरौ भन्दा अप्ठेरो मानेका कृषक अहिले भने खुसी भएका छन्। समय, श्रम थोरैमा पनि धेरै भैँसीपालन गर्न सकिने रहेछ स्थानीय लोकेन्द्र श्रेष्ठले भने,’ कम्पनीमार्फत काम गर्दा धेरै राम्रो हुँदा रहेछ।
अन्य कृषि, जडीवुटी खेतीमा पनि यसलाई प्रयोग गर्ने योजना वनाएका छौं।’ कम्पनीले अहिले सामुहिक भैँसीपालन गरेर ५ जनालाई रोजगारी दिएको छ। उनीहरूले भैँसीलाई आवश्यक हेरचाह गर्नु साथै दूध दुहुनेलगायतका काम गर्ने गरेका छन्। गाउँमै रोजगारी पाएपछि घर र रोजगारीनजिकै हुँदा सजिलो भएको देवा घर्तीले बताइन्।
थाहाबाट
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।