सल्यान जिल्लामा संचालित छापाखानाहरुले गरे वालविवाह न्युनिकरणमा प्रतिवद्धता
सल्यान, ३ माघ ।
सल्यानमा वाल विवाह न्युनिकरण अभियान अतन्र्गत जिल्लाका पुरोहितहरु तालिम , जनप्रतिनिधिलाई समेटेर हरेक घरमा स्टिकर टाँसिरहेका बेला अर्को नयाँ काम जिल्ला प्रहरी कार्यालय सल्यानले थालेको छ । बर बधुको उमेर २० बर्ष पुगेको भएमात्रै विवाह कार्ड छाप्नेंं नत्र फिर्ता गरिदिने ब्यबसायिहरुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पुगेर वाल विवाह रोक्ने अभियानमा लिखित प्रतिवद्धता जनाएका छन । जिल्लामा संचालित छापाखानामा विहेको निमन्त्रणा कार्ड बनाउदा जन्ममिति खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

केटाकेटीको उमेर २० बर्ष पुगेमा मात्रै विहे गर्नुपर्ने भएकाले बाल विवाह रोकथाममा यो अभियानले पनि केहि सहयोग पुग्ने अपेक्षा रहेको सल्यान प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनु भयो । बाल विवाह गरेमा गर्ने, गराउने, विहेभोजमा सहभागि हुनेलाई ३ बर्ष कैद र ३० हजार जरिवाना भएको भन्दै छापाखानाले त्यसो नगरे परिवार तथा आफन्त संगै निम्ताकार्ड बनाउने पनि सजायको भागेदार हुनुपर्नेछ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत यस्ता क्रियाकलाप गरिरहेको सल्यान प्रहरीले उमेर नपुगी विहे गर्नेको निम्तामा पुगी भोज खाएका फोटो प्रदर्शन गर्ने र तिनलाई बधाइ दिनेलाई पनि बालविवाह गर्न प्रोत्साहन गरेको आरोपमा कार्वाही गर्ने गरी अभियान चलाउनेछ ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह