सल्यान प्रहरीले गर्यो २८ सय लिटर बढीको घरेलु मदिरा नष्ट
पुस २८, सल्यान । सल्यान प्रहरीले २८ सय लिटर बढीको घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । एक हप्ताको अवधिमा प्रहरीले शारदा नगरपालिकाको विभिन्न बजार क्षेत्रबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर आइतबार नष्ट गरेको हो ।
मदिरा शानपाको खलंगा, तिलचौर, साईलाकम्द, संगीत टोल, श्रीनगर, पटनेरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । जहाँबाट २७ सय लिटर जाँड , १ सय ८७ लिटर मदिरा र १५ सेट मदिरा बनाउन प्रयोग हुने भाँडाकुँडा नियन्त्रणमा लिएको सल्यान प्रहरी प्रमुख ९डिएसपी० ढकेन्द्र खतिवडाले बताए । उक्त मदिरालाई जिल्ला प्रहरी कार्यालय सल्यान र ईलाका प्रहरी कार्यालय शितलपाटीमा पत्रकार र व्यापारीहरु रोहवरमा आइतबार नष्ट गरिएको हो । सल्यानमा यसअघि पनि प्रहरीले विभिन्न समयमा अवैध घरेलु मदिरा नियन्त्रणमा लिएरको थियो ।

नियन्त्रणमा लिइएका मदिरा बनाउने भाँडाकुँडाहरुलाई स्टोरमा राख्ने गरेको र विभिन्न मन्दिर तथा संघ संस्थाहरुलाई सहयोग गर्ने गरेको डिएसपी खतिवडाले बताए । प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिएपनि कानुनले बिक्री गर्न दिएको शिलबन्दी मदिराले दुर्घटना निम्त्याएको कतिपयको बुझाई छ । जसलाई संबिधानमा नै बिक्री वितरण गर्ने अधिकार छ ।
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।