सल्यानमा भिरबाट लडेर २ जनाको ज्यान गयो ।
पुस २६, सल्यान ।
सल्यानमा भिरबाट लडेर २ जनाको मृत्यू भएको छ । जिल्लाको दार्मा गाउपालिकाका बिभिन्न स्थानमा भिरबाट लडेर २ जनाको मृत्यू भएको हो ।
शनिबार बिहान ६ बजे तीर दार्मा गाउपालिकाको वडा नम्बर ४ मसिने निवासी अन्दाजी ५५ बर्षिय दल बहादुर बोहराको भिर बाट लडेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
उनको सोही ठाँउको लाखुरे डाँडाको भित्री सडक खण्डको भिरबाट लडेर मृत्यू भएको हो । उनको शव करिब १५ मिटर तल भेटिएको थियो । अत्यधिक मदिरा सेवन गरेका कारण उनको मृत्यू भएको प्रहरीले जनाएको छ । उनको शवको पोष्टमार्टम पश्चाप शव आफन्तले बुझेका छन् ।
यस्तै दार्मा गाउपालिका वडा नम्बर ४ सर्सुखोला निवासी २४ बर्षिय गणेश रावतको पनि भिरबाट लडेर मृत्यू भएको प्रहरीले जनाएको छ । बिहीबार देखी हराएका उनको खोजी गर्दा शनीबार बिहान ११ बजे तीर भैँसी टाकुरी भिरमा शव फेला परेको थियो ।
उनले बिगत देखी नै मदिरा सेवन गर्ने गरेको परिवारले बताएकाले मदिरा सेवनका कारण भिर बाट लडेर उनको मृत्यू भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनको शवलाई पोष्ट मार्टमका लागी जिल्ला अस्पताल सल्यानमा ल्याईएको छ
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







