प्याब्सन सल्यानले मनायाे २९ औं स्थापना दिवस

२५ पुष २०७६, शुक्रबार १२:४३ मा प्रकाशित

पुस २५, सल्यान  जिल्ला प्याब्सन सल्यानले आफ्नो २९ औं स्थापना दिवस विभिन्न कार्यकर्मको आयोजना गरि सम्पन्न गरेको छ । बिहीबार र शुक्रबार दुई दिन सम्म श्रीनगर स्थित मोडर्न तुल्सी बोर्डिङ्ग स्कुल र भगवति सिनेमा हलामा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो । स्थापना दिवसको अवसरमा खेलकुद तथा सास्कृतिक कार्यक्रममा गरिएको थियो । जसमा हाजिरी जबाफ, छात्राछात्र हिसाव दौड खेलहरू राखिएको थियो । हाजिरी जवाफमा प्रथम त्रीबेनी ज्ञान ज्योति लुहाम, दोस्रो ब्राईट रोजल्यान्ड बोर्डिङ्ग स्कुल बागचौर र तेस्रो लङ्गरिन रिभर इङ्लिश बोर्डिङ्ग स्कुल सल्लीबजार भएका छन् । त्यसैगरी हिसाव दौड प्रतियोगिता छात्र तर्फ प्रथम निशान शर्मा ब्राईट रोजल्यान्ड बोर्डिङ्ग स्कुल, दोस्रो देबानन्द रसाईली लङ्गरिन रिभर बोर्डिङ्ग स्कुल, तेस्रो राजेश बुढाथोकी सल्यानी मेरिगोल्ड बोर्डिङ्ग स्कुल भएका छन् ।

छात्रा तर्फ प्रथम अप्रेरणा केसी एम।एम। एकेडेमी, दोस्रो प्रनिता गौतम ब्राईट रोजल्यान्ड बोर्डिङ्ग स्कुल र तेस्रो शाबित्रा पुन तुल्सी एकेडेमी भएका छन् । निबन्ध लेखन प्रतियोगितामा प्रथम अप्रेरणा केसी एम।एम एकेडेमी, दोस्रो रबिन केसी ब्राईट रोजल्यान्ड बोर्डिङ्ग स्कुल र तेस्रो स्थान विशाल गिरि मोडर्न तुल्सी भएका छन् । बिजेताहरूलाइ जिल्ला प्याब्सन सल्यानले शारदा नगरप्रमुख सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका छ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले निजि विद्यालयले राज्यलाई शैक्षिक क्षत्रमा ठूलो योगदान दिएको बताए । उनले सम्पुर्ण शैक्षिक गतिबिधिमा आफुले कहिल्यै पनि अबरोध नगर्ने बताए । जिल्ला प्याब्सन सल्यानका प्रमुख सल्लाहकार पुर्ण बहादुर बस्नेतले राज्यले निजि विद्यालयलाई नितिमा बिभेद नगरे पनि नियतले बिभेद हुने गरेको बताए । उनले त्यस्ता कार्य नगर्न र गुणस्तरमा मात्र सम्झौता हुने बताए । कार्यक्रममा प्याब्सन नेपालका केन्द्रिय सदस्य महेश देबकोटा, प्याब्सनका प्रदेस सदस्य बिरबहादुर बुढाथोकी, जिल्ला प्याब्सन सल्यानका कोषाध्यक्ष कमल वलि, ब्राईट पर्ल बोर्डिङ्ग स्कुलका प्रीन्सिपल हरिश चन्द्र अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए । विभिन्न विद्यालयका करिब एक हजार भन्दा बढि विद्यार्थी उपस्थित रहेको कार्यक्रममा जिल्ला अध्यक्ष जित बहादुर भण्डारीको अध्यक्षता रहेको थियो । सल्लाहकार राजेन्द्र कु बोहोराको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन सचिव खिमराज डिसीले गरेका थिए ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu