सिम्तामा निःशुल्क आँखा शिविर, पहिलो दिनमा २ सय ३४ को आँखा जाँच
दुर्गा बिसी,
सल्यान १७, पौष ।
सुर्खेतको सिम्ता गाउँपालिकाले नागरिकको घरदैलोमा नै उपचार सेवा पुर्याउने उद्धेश्यले ३ दिने आँखा शिविर सञ्चालन गरेको छ । सिम्ता गाउँपालिका सुर्खेतको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा सिम्ता गाउँपालिकाका नागरिकको लागि यो शिविर आयोजना गरिएको जनाएको हो ।

गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जनतासँग सिम्ता गाउँपालिका भन्ने नाराका साथ नागरिकको निशुल्क स्वास्थ्य चेकजाँच शिबिर आयोजना गरिएको बताउनुभयो । उहाँले सिम्ताली जनताको शिक्षा, स्वास्थ्य, गास, वास र कपासको प्रत्याभूत हुने उद्धेश्यका साथ आफु दिनरात खटिरहेको बताउनुभयो ।
आँखा शिबिर पश्चात मोतियाविन्दु भएका नागरिकको निशुल्क सल्यक्रिया गर्ने गाउपालिकाको तयारी छ । कार्यक्रम गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही, गाउँ स्वास्थ्य शाखा संयोजक विरेन्द्र पुन, वडा अध्यक्ष राजेन्द्र सिहं ठमुरी, नेपाल रेड्क्रस सोसाईटीका डिलारा सुवेदी, आँखा अस्पताल सुर्खेतका प्रमुख शक्ति प्रसाद सुवेदी लगाएतको सहभागिता रहेको थियो ।
शिविरको पहिलो दिनमा नै २ सय ३४ जनाको आँखा चेकजाँच गरिएको छ भने ५० जना मोतिया विन्दु भएका जेष्ठ नागरिकको शल्यक्रियाका गरिने भएको छ ।
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।