नेपाल साप्ताहिककाे विश्लेषण : ‘कर्णाली जानू, सल्यान नघुमी नफर्कनू’

   
त्रिवेणी अनलाइन
१२ पुष २०७६, शनिबार १०:४२ मा

पुस १२, सल्यान । कान्तिपुर पव्लिकेशनकाे नेपाल राष्ट्रिय साप्ताहिकले सल्यानकाे पर्यटकी अवस्था र केहि तस्बिरहरुलाइ केलाएकाे छ । ‘भ्रमण वर्ष–२०२० मा घुम्ने ठाउँको सूचीमा कर्णाली प्रदेशको सल्यानलाई राख्नैपर्छ’ भन्दै नेपाल साप्ताहिकले सल्यानकाे बारेमा छाेटाे विश्लेषण समेत गरेकाे छ ।

“कर्णाली जानू, सल्यान नघुमी नफर्कनू” काे शिर्षक राखेर नेपाल साप्ताहिकले सल्यानका विभिन्न १५ वटा तस्बिर सार्वजनिक गरेकाे छ । जसमा लेखपोखराबाट सल्यानकाे भु-भाग हुँदै देखिने सिस्ने हिमाल, पहेँलपुर फुलेको तोरीबारी, सुन्तला, हरिया खेत अनि उन्मुक्त ग्राम्य जीवनको स्वादकाे तस्बिर पनि प्रकाशित छ ।

कुपिन्डे तालमा तैरिँदै गरेको जलेवा चरो, राष्ट्रिय झन्डासहित देखिएको डुंगा, छत्रेश्वरी गाउँपालिकाकाे बुराँसे गाउँका घरहरू, विद्यार्थी चंगा उडाउँदै गरेकाे तस्बिर, गाउँमा बाख्रा चराउँदै गरेका मानिस, डोको बुन्दै गरेका वृद्ध लगाएतका तस्बिरहरू नेपाल साप्ताहिकले प्रकाशित गरेकाे छ ।

यस्ता छन् नेपाल साप्ताहिकमा प्रकाशित तस्बिर

सल्यानको कुपिन्डे तालमा तैरिँदै गरेको जलेवा चरो । हिँउदमा मौसम छल्न आउने जलेवालाई नेपालमा आगन्तुक चरा पनि भनिन्छ ।  रुस, चीनको तिब्बत, र मङ्गोलिया यो चराको प्रमुख बसोबास स्थल हो । यसको मुख्य आहार माछा हो ।

कुपिन्डे तालमा राष्ट्रिय झन्डासहित देखिएको डुंगा । यो तालमा २० भन्दा बढी डुंगा सञ्चालनमा छन् । यहाँ घुम्न आउनेहरूले ताल एक फन्को घुमेको १०० रुपैयाँ र आधामात्र घुमेको ५० रुपैयाँ शुल्क तोकिएको छ । 

भ्रमण वर्षको पूर्व सन्ध्यामा पर्यटकलाई लोभ्याउन यहाँका सबै डुंगामा राष्ट्रिय झन्डा फहराइएको छ ।

सल्यानको लेखपोखराबाट देखिएको सिस्ने हिमाल । रुकुम जिल्लामा पर्ने सिस्ने हिमाल दर्शनावलोकन पर्यटकहरूको अर्को आकर्षण हो । हिमाल वर देखिएको डाँडा छत्रेश्वरी गाउँपालिकाको गुराँसे गाउँ हो ।   

गुराँसे गाउँका घर रंग्याएर चटक्क पारिएका छन् । 

कुपिन्डे ताल आसपास शनिबारको दिन किनमेल राम्रै हुन्छ । शनिबार तालमा घुम्न आउने मानिसहरू धेरै हुने भएकाले वरपरका गाउँबाट फलफूल र सरसामान बेच्नेहरूको पनि यहाँ भीड हुन्छ ।  

सल्यानको गैरागिठीमा रहेको राधेश्याम माविका विद्यार्थी चंगा उडाउँदै । कागजबाट हवाईजहाज आकारमा बनाइने यो खेलौनालाई सल्यानमा चंगा भनिँदो रहेछ । 

सल्यानको रानीपोखरीमा रहेको सरस्वती निमाविका विद्यार्थी खेलकुद सप्ताहमा सहभागी हुँदै छन् । 

फलाँटे गाउँमा बाख्रा चराउँदै गरेकी स्थानीय ।

कुपिन्डे तालमा शनिबारको हाटमा सरसामान विक्री गरेर घर फर्किँदै गरेका महिलाहरू । उनीहरू शनिबार बिहानदेखि दिउँसो करिब ४ बजेसम्म उनीहरू ताल आसवास सामान बेच्छन् । चिसोले ४ बजेपछि भने यहाँ बस्न मुस्किल पर्छ । 

सल्यान कल्लेरीमा डोको बुन्दै गरेका ६३ वर्षीय दीलबहादुर भण्डारी । उनी आफ्नो घरका लागि मात्र होइन, डोका बनाएर घरछिमेकमा पनि विक्री गर्छन् । 

सल्यानको कल्लेरीमा बालबालिका । उनीहरू भर्खर स्कुलबाट फर्किएका छन् र साथीहरूसँग खेल्न निस्केका छन् । 

तपाइँको प्रतिक्रिया
Array