बालबिबाह न्युनिकरणको अभियान चलाउदै छत्रेश्वरी गाउँपालिका
सल्यानको छत्रेश्वरी गाउपलिकाले बालबिबाह न्युनिकरणको अभियान संन्चालन गरेको छ ।
छत्रेश्वरी गाउपालिको आयोजना र जिल्ला प्रहरी कार्यलय सल्यानको सहयोगमा गाउपालिका भित्र हुने बालबिबाहलाई पुर्णरुपमा हटाउनको लागीको अभियान सूरु गरेको हो । सो कार्यक्रममा चेतनाको अभाव,सहि सूचनाको अभाव, यातायात साधनको सिमितता,किशोरीका लागि सुरक्षाको अभाव तथा सामाजिक वहिस्कार जस्ता पक्षहरुले गर्दा वालविवाह बारेमा चर्चा गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडाले सल्यान जिल्लामा बालबिबाहको अबस्था,बालबिबाह न्यनिकरण सम्बन्धी भईरहेका पहलबारे गाउपालिका सबै वडाका जनप्रतिनिधि,गाउपालिकाका सम्पुर्ण बिद्यालयका प्रअ लगायत सम्पुर्ण सरोकार निकाय लाई बालबिबाह कसरी रोक्न सकिन्छ र बालबिबाह सम्बन्धि बनेको नयाँ कानुनमा केछ भन्ने बारेमा प्रष्ट पारेका थिए ।


कार्यक्रममा बहुक्षेत्रगत विधि अवलम्बन गरी बालबिबाहको जोखिममा रहेका बालबालिकाको संरक्षण र निहरुको चेतना अभिबुद्धिका लागि गाउपालिकाले सामाजिक प्रणाली सुदृढ गर्नेछ, लैङ्गिक हिंसा र दुर्व्यवहारको जोखिममा रहेका महिला तथा बालबालिकाको संरक्षणका लागि बालबालिका लगायत समग्र समाजको उत्थानमा वृद्धि गर्नेछ र बालविवाह अन्त्यका लागि गाउपालिकाले मात्रै नभई समग्र सबैको चासो र सहयोग रहनु पर्ने कुरामा जोड दिएको थियो ।
जिल्ला समन्वय समिति सल्यानको प्रमुख केश बहादुर बिष्टले बिगतका बर्षमा बालबिबाह उल्लेखियरुपमा धेरै हुने गरेको अबस्थामा हाल आएर सल्यान जिल्लाको बालबिबाह केही घटेको र जिल्ला बालबिबाह न्युनिकरणको लागी गाउपालिकाले गरेको यो प्रयास राम्रो भएको गाउगाउमा बालबिबाह न्युनिकरणको गाउगाउ सचेतना फैलाउन, शिक्षा,स्वास्थ्य दिगो बिकासका परिपुरक भएकोले गाउपालिकाले यस्ता कुरालाई शसक्तरुपमा अगाडी बढाउन आग्रह गरे ।


नेपालमा २०६८ मा गरिएको जनगणना अनुसार विवाहित जनसंख्याको तथ्याङ्कले १० देखि १९ वर्ष भित्र विवाह गर्नेको संख्या जम्मा विवाहित जनसंख्याको ४८.९५ (महिलाको संख्या ५८.२ र पुरुषको संख्या ३७ ) देखाएको बिषयमा पनि छलफल गर्दै अहिले समग्रमा गाउपालिकाले चालेका यि पहललाई प्रभाबकारि गर्नको लागी सबैको सहयोग रहनु पर्ने कार्यक्रममा औल्याएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सन्तोष केसीले गाउँपालिका सुरुगरेको यो अभियानलाई सहयोग गर्न आग्रह गर्दै गाउँपालिकामा हाल देखिएका पुरानो परम्परा, आधुनिक प्रबिधिको दुरुपयोग र अशिक्षाका कारण बालबिबाह बढ्ने जिकिर गर्दै अबको केही बर्षमा बालबिबाहको डरलाग्दो स्थिति न्यूनिकरणका लागि बालबिबाह मुक्त गाउँपालिका घोषणा गर्ने गरी अभियान शुरु गरेको केसीले बताए ।
बालविवाहको उन्मूलन आवश्यक छ, बालविवाहले बालबालिका र समुदायमा नकारात्मक असर गर्दछ, बालविवाह अन्त्यको निम्ति शुरु गरिएको यस अभियान अन्त्यको लागी सबैको साथ पाउनेमा गाउँपालिका आशाबादि रहेका अध्यक्ष केसिले बताए ।


कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारि नारायण लामिछाने, वडा अध्यक्ष प्रेम बहादुर खड्का ,डिल्ली खड्का लगाएतकाले बालबिबाह न्यूनीकरण सम्बन्धी आफ्नो धारणा राखेका थिए।कार्यक्रमको संचालन गाउँपालिकाका प्रेस सल्लाहकार नवीन पौडेलले गरेका थिए।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री