असन्तुलित बिकासले खानेपानीका मुहान संकटमा

   
त्रिवेणी अनलाइन
१३ मंसिर २०७६, शुक्रबार १८:३० मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यान १३, मंसिर ।
असन्तुलित बिकासले खानेपानीका मुहानहरु संकटमा परेका छन् । जिल्लामा रहेका कयौँ खानेपानीका मुहानहरु असन्तुलित बिकास र जलवायु परिबर्तनका कारण संकटमा परेको पाईएको हो । शुक्रबार खलंगामा आयोजित शारदा नगरपालिका अन्र्तगत खानेपानी तथा सरसफाई उपभोक्ता समितीको भेलामा सहभागीहरुले खानेपानीको मुहान संरक्षणमा कसैले ध्यान नदिदाँ समस्या भएको बताएका हुन् ।

उनीहरुले जलवायू परिबर्तन, जथाभावी बिकास निर्माणका काम गरिनु र वनजंगलको बिनाशका कारणका खानेपानीको मुहानहरु बर्षेनी सुक्दै गएको बताएका हुन् । नगरपालिकाका बिभिन्न खानेपानी तथा सरसफाई उपभोक्ता समितीका ईन्द्र बहादुर खड्का, लक्ष्मी गिरी, छबिलाल बोहोरा लगाएतकाले खानेपानीको मुहान संरक्षण गर्नु चुनौँती भएको बताउनुभएको थियो ।

जिल्ला खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल सल्यानका अध्यक्ष पुर्णचन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले खानेपानीको मुहान संरक्षण सँगै यसलाई दिगोँ कसरी बनाउन सकिन्छ भन्ने बारेमा सोच्न सुझाव दिनुभएको छ । पछिल्लो समय खानेपानी योजना सम्पन्न भएपश्चात मर्मत सम्भारका लागी पनि बिभिन्न निकायहरुको मुख ताकेर बस्ने प्रबृति देखिएकाले यस बिषयमा सोँच्न उहाँले आग्रह गनुभयो ।

यस्तै सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जलस्रोतको दोस्रो ठूलो धनी देश नेपाल भएपनि पानीको सही सदुपयोग हुन नसक्दा समस्या भएको बताउनुभयो । उहाँले खानेपानीका मुहानको संरक्षण सँगै पानीलाई उत्पादनमुखी कामहरुमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।


यस्तै खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका इन्जिनियर बिपिन ज्ञवालीले पानी मान्छेको जिन्दगानी सँग जोडिएकाले पानीको मुहान संरक्षणमा बिशेष ध्यान दिन आग्रह गर्नुभयो । सदस्य रत्ना कुमारी थापाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सबिच राजेश बिकले गर्नुभएको थियो ।

शारदा नगरपालिकाको आर्थिक सहयोग र जिल्ला खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल सल्यानको आयोजनामा भेला सम्पन्न भएको हो । भेलाले शारदा नगरपालिका स्तरीय खानेपानी तथा सरसफाई उपभोक्ता समिती गठन गरेको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu