निर्माणाधिन गौतम बुद्ध रंगशालामा पहिलोपटक खेलियो क्रिकेट
१३ मंसिर, काठमाडौं । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलोपटक प्रतिस्पर्धात्मक क्रिकेट म्याच आयोजना गरिएको छ । रामपुर कृषि क्याम्पसका दुई समूहबीच शुक्रबार भएको खेलमा सातौं ब्याचले छैटौं ब्याचमाथि ५ विकेटको जित निकाल्यो ।
सो खेल हेर्न २० रुपैयाँको टिकटको व्यवस्था गरिएको थियो । यसबाट उठेको रकम रंगशाला निर्माण खर्च गरिने धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका अनुसार आगामी दिनमा पनि रु १५ हजार शुल्क तिरेर यस ग्राउन्डमा जोकसैले च्यारिटी क्रिकेट खेल्न सक्नेछन् ।
शुक्रबार आयोजित खेलमा छैटौं ब्याचले टस जितेर ब्याटिङ रोजेको थियो । २० ओभरमा खेलमा छैटौं ब्याचले १ सय ४३ रनको स्कोर खडा गर्यो जसमा ससन्तोष चन्दले ४६ बलमा विष्फोटक ८० रन बनाएका थिए । तर, उक्त स्कोर पर्याप्त भएन ।
सातौं ब्याचले १६.३ ओभरमा नै लक्ष्य भेट्टाएको थियो । टिमका लागि आकाश कुुमार साहले २८ बलमा सर्वाधिक ४१ रन बनाएका थिए ।
धुर्मुस सुन्तली फाउन्डेसन जनसहयोग जुटाएर ३ अर्ब रुपैयाँको लागतमा यो रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । अहिले रंगशालाको प्रारम्भिक कामहरु भइरहेका छन् । फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस केही दिनदेखि आफैं रंगशालामा खटिएका छन् ।
निर्माणाधिन रंगशालाभित्रै रहेको नमूना क्रिकेट ग्राउन्डमा क्रिकेट खेल्न योग्य पिच बनाइएको अभियानमा संलग्न कलाकार कुमार कट्टेल जिग्रीले बताए । रंगशालाको मुख्य पिच भने निर्माणाधिन छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री