स्याटलाईट सेवा र माईक्रोस्कोपिक शिबिर कजेरी स्वास्थ्य चौकीमा सम्पन्न
सल्यान ३, मंसिर ।
स्याटलाईट सेवा र माईक्रोस्कोपिक शिबिर सल्यानको कजेरी स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । लामो अबधि जन्मान्तरको लागी भन्ने मुल नाराका साथ सो शिबिर सञ्चालन गरिएको हो ।
शिबिरमा २३ जना महिलाहरुले ईम्प्लान्ट सेवा लिएका छन् । यस्तै १४ जनाको खकार परिक्षणका लागी खकार संकलन गरिएको शारदा नगरपालिका स्वास्थ्य शाखा प्रमुख रबिन बिष्टले जानकारी दिनुभयो । स्थानिय स्तरमा नै नागरिकलाई सेवा प्रदान गर्ने उद्धेश्यले शिबिरको आयोजना गरिएको उहाँले जानकाी दिनुभयो ।


शारदा नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष लिला बहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । सो अबशरमा बोल्दै उपप्रमुख बस्नेतले स्वास्थ्य क्षेत्रमा लगानी गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
उहाँले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा राखेर बजेट बिनियोजन गरेको पनि बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर शाही लगाएतको सहभागिता रहेको थियो । शारदा नगरपालिकाको आयोजना र ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहआयोजनामा शिबिरको आयोजना गरिएको थियो ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री