सल्यानको फलाबाङमा जीप दुर्घटनाः २ जनाको मृत्यू, ८ जना घाईते
सल्यान २८, कार्तिक ।
सल्यानमा जीप दुर्घटना हुदा २ जनाको मुत्यु भएको छ । जिल्लाको त्रिबेणी गाउपालिका वडा नम्बर ४ फलावाङ्गमा बिहिबार बिहान साँढे १० बजे तीर जीप दुर्घटना हुदाँ २ जनाको मृत्यू भएको हो भने ८ जना घाईते भएका छन् । जिल्लाको त्रिबेणी गाउपालिकाको फलावाङ्गबाट दाङ तुलसीपुर तर्फ जादैँ गरेको रा १ ज ४३२ नम्वरको जीप बडाखोलामा दुर्घटना हुदाँ २ जनाको मृत्यू भएको हो ।
मृत्यू हुनेमा जिल्लाको त्रिबेणी गाउँपालिका वडा नम्वर ४ फलावाङ्ग निबासी ६० बर्षिया कृष्णदेवी परियार र सोही ठाँउ निबासी ५९ बर्षिया यज्ञी थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनीहरुको उपचारको क्रममा साँढे १२ बजे तीर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यू भएको हो ।

घाईते हुनेहरुमा त्रिवेणीका २८ बर्षिया गाडी चालक सन्दिप परियार,२३ बर्षिया रीता रावत,८ बर्षिया ज्योती रावत, ५५ बर्षिया सावित्रा खत्री,२२ बर्षिया तारा थापा,२३ बर्षिया मोती रावत,तुलसीपुर ५ बस्ने बर्ष २८ का डिला बुढा र २१ बर्षिया राधा बोहोरा रहेका छन । घाईते मध्य राधा बोहोरालाई सिटी स्क्यानका लागी नेपालगंज रिफर गरिएको छ भने चालकलाई पनि टाउकोमा गहिरो चोक लागेका कारण नेपालजंग पठाउने तयारी भई रहेको प्रहरीले बताएको छ । बाकी छ जनाको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको प्रहरीले बताएको छ । – Tribeni Online
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।