नेरामाबि किमुचौरले स्कूल बस र छात्रावास सञ्चालन गर्ने
सल्यान १८, कार्तिक ।
सल्यानको एक सामुदायीक विद्यालयले बस सेवा तथा छात्रावास सञ्चालनका लागी अभियान थालनि गरेको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कपुरकोट, ४ किमुचौरले विद्यालय भन्दा टाढा र ग्रामिण क्षेत्रका वालवालिकालाई लक्षित गरी स्कुल बस र छात्रावास संचालनको लागि अभियान चलाएको हो ।
विद्यालयका प्रधानाध्यापक सिट्टीसाप विष्टले कोष नै खडा गरेर अभियान चलाईएको बताउनुभयो । शिशु कक्षा देखि कक्षा ८ सम्म अंग्रेजि माध्यममा पठनपाठन हुने मावि किमुचौरले कोषमा ३ लाख रुपैयाँ जम्मा भइसकेको पनि जनाएको छ । स्कुल बस सञ्चालनका लागी थालिएको अभियान अन्तर्गत तिहारमा देउसी भैलो खेलेर एक लाख रुपैयाँ जम्मा भएको उहाँको भनाई छ । विद्यालयमा छात्रावास र स्कुल बस सञ्चालनका लागी विद्यालय परिवार तथा अभिभावकहरु एक जुट भएर लागेका छौँ । यसपालीको तिहारमा देउसी भैलो खेलेर एक लाख रुपैयाँ जम्मा गरेका छौँ उहाँले भन्नुभयो ।


शिक्षक, विद्यार्थी तथा अभिभावकहरुले तीन दिन सम्म १०, ११ र १२ गते कपुरकोट गाउँपालिका भित्रका विभिन्न स्थानमा भैलो खेलेको उहाँले बताउनुभयो । भैलो खेलेर जम्मा भएको एक लाख र विद्यालयको अन्य आन्तरिक श्रोत दुई लाख गरी तीन लाख रुपैयाँ स्कुल बस खरिद तथा ब्यवस्थापन कोषमा जम्मा भएको बिद्यालयले जनाएको छ ।
गुणस्तरीय शिक्षा प्रदान गर्न लागि परिरहेको जनाएको विद्यालयले बस सेवा सञ्चालनका लागी अभिभावकहरुबाट पनि माग भइरहेकाले अभियान सञ्चालन गरिएको जनाएको छ । विद्यार्थीको सुविधा र टाढाका विद्यार्थीलाइ मध्यनजर गरेर बस सञ्चालनको निर्णय गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरिलाल पुनले जानकारी दिनुभयो ।
आउने नयाँ शैक्षिक शत्र देखि स्कुल बस सञ्चालन गर्ने लक्ष्य रहेको उहाको भनाई छ । बस खरिदको लागी आवश्यक पर्ने थप रकमको लागी स्थानीय सरकार संग समन्वय गरी नेरामावि किमुचौरमा अध्ययन गरि बैदेशिक रोजगारमा रहेका, विभिन्न जागिरमा प्रवेश गरेकाहरुबाट पनि सहयोग माग गरिने विद्यालयले जनाएको छ ।
जिल्लाको नमुनाको रुपमा रहेको यस विद्यालयमा ई लाईब्रेरी, सिसि कयामेरा, ई हाजिरी सञ्चालनमा छन् ।
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
- श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न