घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर एकको मृत्यु, दुई घाइते
कात्तिक ७ रोल्पा । तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा आएको पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्यु भएको छ ।
रोल्पा नगरपालिका–३ कमिरेधारामा विहीबार विहान कमेरो खन्ने क्रममा माथिबाट झरेको माटोको ढिस्कोले च्याप्दा सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया किशोरी पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार घटनामा सोही ठाउँकी २२ वर्षीया कर्मा रोका घर्ती र १७ वर्षीया स्यानी घर्ती घाइते भएका छन् । रोकाको छातीमा र घर्तीको टाउकोमा चोट लागेको छ ।
प्रहरी चौकीऽ खुमेल सातदोबाटोबाट गएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको गुरुङले जानकारी दिनुभयो । उद्धारपछि घाइतेको उपचार भइरहेको प्रहरीले बताएको छ ।
घटना भएको ठाउँ निकै जोखिमयुक्त रहे पनि स्थानीयवासीले दशैँ तिहारमा घर रङ्गाउने कमेरो सोही ठाउँबाट खन्दै आएका छन् । गत वर्ष पनि दशै तिहारको बेला कमेरो माटो खन्ने क्रममा एकजनाको मृत्यु भएको थियो ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







