सल्यानमा पुर्वाधार विकास कार्यालय स्थापना
कर्णाली प्रदेश सरकारको निर्णय अनुसार सल्यानमा पुर्वाधार बिकास कार्यालय स्थापना भएको छ । साबिकको जिल्ला प्राबिधिक कार्यालयमा बुधबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उद्घाटन गर्नु भएको हो ।
सो अबशरमा बोल्दै मन्त्री ज्वालाले पुर्वाधार क्षेत्रको काम अब जिल्ला बाट नै संचालन हुने बताउनुभयो । उहाँले बिगतमा पुर्वाधार क्षेत्रको कामको लागि दाङ्ग, सुर्खेत वा रुकुम जानुपर्ने बाध्यता रहेको बताउँदै अबका दिनमा भने त्यो बाध्यताको अन्त्य हुने बताउनुभयो
उहाँले जनतालाई सहजताको लागि पनि सल्यानमा कार्यालय स्थापना गरिएको बताउनुभयो । यस कार्यालयले जिल्लामा रहेर सडक, पुल, भवन लगाएतमा क्षेत्रमा काम गर्ने छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
गोपाल शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भुपेन्द्र जैसीले गर्नु भएको थियो ।
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।