सल्यानमा पुर्वाधार विकास कार्यालय स्थापना

६ कार्तिक २०७६, बुधबार १८:२४ मा प्रकाशित

कर्णाली प्रदेश सरकारको निर्णय अनुसार सल्यानमा पुर्वाधार बिकास कार्यालय स्थापना भएको छ । साबिकको जिल्ला प्राबिधिक कार्यालयमा बुधबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उद्घाटन गर्नु भएको हो ।

सो अबशरमा बोल्दै मन्त्री ज्वालाले पुर्वाधार क्षेत्रको काम अब जिल्ला बाट नै संचालन हुने बताउनुभयो । उहाँले बिगतमा पुर्वाधार क्षेत्रको कामको लागि दाङ्ग, सुर्खेत वा रुकुम जानुपर्ने बाध्यता रहेको बताउँदै अबका दिनमा भने त्यो बाध्यताको अन्त्य हुने बताउनुभयो 

उहाँले जनतालाई सहजताको लागि पनि सल्यानमा कार्यालय स्थापना गरिएको बताउनुभयो । यस कार्यालयले जिल्लामा रहेर सडक, पुल, भवन लगाएतमा क्षेत्रमा काम गर्ने छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

गोपाल शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भुपेन्द्र जैसीले गर्नु भएको थियो ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu