सन्दीपले ‘द हन्ड्रेड’ क्रिकेट खेल्ने, झण्डै डेढ करोड पारिश्रमिक
४ कात्तिक, काठमाडौं । नेपालका युवा स्टार सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट लिग खेल्ने भएका छन् । आइतबार राति भएको ‘द हन्ड्रेड’ को ड्राफ्टबाट ओभल इन्भेन्सिब्लेसले सन्दीपलाई एक लाख पाउण्डमा आफ्नो टिममा अनुबन्ध गरेको हो ।
योसँगै सन्दीपले एक करोड ४६ लाखभन्दा बढी नेपाली रुपैयाँ पारिश्रमिक पाउने छन् ।
सन्दीपसँगै यो टिममा साम करान, सुनिल नारिने, ज्यासन रोय, साम विलिङ्स, रिली रोसउव, टोम करान, रिस टोप्लिय, हर्डस भिल्जेन, फवियन एलन, एलक्स ब्लाक, विल ज्याक्स, क्रिस वोड, नाथन सोवटर र लउरी इभान्स रहेका छन् ।
इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम रहने छन् । डबल राउण्ड रोविनको आधारमा सञ्चालन हुने प्रतियोगिता सन् २०२० मा हुनेछ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
धेरैले पढेको