blank

विप्लवका दाई सहित राप्तीका २१ नेताहरु गिरफ्तार

   
त्रिवेणी अनलाइन
३० आश्विन २०७६, बिहीबार १७:५० मा

असोज ३०,काठमाडौं

दाङबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा मध्यपश्चिम कमाण्ड इञ्चार्ज बिरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका ४ को मुग्रेटाखोलाबाट पक्राउ गरिएको बताईएको छ । त्यहाँ नेकपाको बैठक भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार बिहान १ बजेतिर पक्राउ गरेको उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी बिनोद विक्रम शाहीले बैठक भइरहेको स्थानबाटै विप्लव नेता कार्यकर्तालाई पक्राउ गरिएको जानकारी दिए ।

तपाइँको प्रतिक्रिया
Array