तुलसीपुरमा अटोले मोटरसाइकललाई ठक्कर दिदा २ जना घाइते

   
त्रिवेणी अनलाइन
२५ आश्विन २०७६, शनिबार ०८:५३ मा
[Sassy_Social_Share total_shares="ON"]

पूर्ण के.सी. । असोज २५, दाङ । दाङमा अटोले ठक्कर दिदा एक बालक सहित २ जना घाइते भएका छन् ।

घाइते हुनेमा तुलसीपुर–८ कृष्णमन्दीर निबासी मोटरसाईकल चालक १९ बर्षका छबि डाँगी र बाईक पछाडी बसेका ९ बर्षका बालक अमृत विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

तुलसीपुर तर्फ आउँदै गरेको बा२३प ९६६७ नम्बरको मोटरसाईकललाई शान्तिदिप बोडीङ स्कुल नजिकै रा१ह ३९६७ नम्बरको अटोले ठक्कर दिएको थियो ।

ठक्कर दिए लगत्तै भागेका अटो चालक जुद्धबहादुर विकलाई स्थानीयले कृष्णमन्दीरबाट अटो सहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

अटो चालकले मादक पदार्थ सेवन गरेकाले दुर्घटना भएको प्रहरीको भनाई छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu