संयुक्त शिक्षक संगठनको आयोजनामा शुभकामना कार्यक्रम

   
त्रिवेणी अनलाइन
२२ आश्विन २०७६, बुधबार १८:१२ मा

दुर्गा वि सि/ आश्विन,२२ सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका,वडा ११ रैकर वजारमा संयुक्तरूपमा शिक्षक संगठनको अायाेजनामा दशै शुभकामना अादाना प्रदान तथा चियापान कार्यक्रमको अायाेजना गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठन वडा ११ लेे संयुक्तरूपमा दशै शुभकामना कार्यक्रमको अायाेजना गरेका थिए ।

शुभकामना अादान प्रदान कार्यक्रम नेकपा पार्टी अध्यक्ष तथा कार्यक्रमका प्रमुख कीर्ति वहादुर राना,नगर सचिव गञ्जमान वुढा,गणेश वि सि,अखिल शिक्षक संगठनका जिल्ला सचिव हिरा नेपाली,नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष नारद घर्तीले शुभकामना मन्तव्य राख्नु भएको थियोे । शुभकामना अादान प्रदानसँगै शिक्षाको सवाल र राजनीतिक विषयमा समेत धारणा राखिएको थियोे । पार्टी नगर अध्यक्ष पुनले अहिले चौतर्फी नेकपालाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरुले घेरा हालेर असफल पार्न खाेजेकाे जनाउँदै, यश त्रर्फ सबै सचेत रहन अनुराेध गर्नु भएको छ ।

सरकारले राम्रो काम गर्दा समेत नकारात्मक भर्म पैदा भैरहेको जनाएको छ । दशै शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्षता जाेतिलाल वुढामगर र सञ्चालन शिक्षक दलवहादुर विकले गर्नु भएको थियो ।

तपाइँको प्रतिक्रिया
Array