वसको छतबाट खस्दा यात्रु घाईते

   
त्रिवेणी अनलाइन
१४ भाद्र २०७६, शनिबार १७:३७ मा

दुर्गा वि.सी./भाद्र,१४ सल्यानको सल्लीवजारबाट गर्चे तर्फ जाँदै गरेको ना ४ ख ६३८७ नं. को वसको छतबाट खसेर बन्गाड कुपिण्डे नगरपालीका ६ लाम्पाटाका वर्ष ३० तेज वहादुर थापा गम्घीर घाईते भएका छन् । थापा सल्ली रुकुम सडक खण्डेको आमखोली नजिकै वसको छतबाट खसेको इलाका प्रहरि कार्यालय सल्लीवजारका इन्चार्ज शुसिल रावलले जानकारि दिनु भएको छ । वससँगै चालकलाई इलाका प्रहरि कार्यालय सल्लीवजारले नियन्त्रणमा लगेको छ । घाईते थापाको स्थानीय संजीवनी सामुदायीक अस्पतालमा समान्य उपचार पछि कोहलपुर रिफर गरिएको छ । थापको टाउकोमा गम्भीर चोट लागेको वताएको छ । थापाले मदिरा सेवन गरेकाले छतमा नवस्न आग्रह गर्दा समेत अटेरी गरेको वसका कर्मचारिको भनाई छ ।

तपाइँको प्रतिक्रिया
Array