लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान अन्तरगत लोकगीत तथा लोक दोहोरी प्रतियोगिता कार्यक्रम
लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान अन्तरगत लोकगीत तथा लोक दोहोरी प्रतियोगिता कार्यक्रम आज यस त्रिवेणी गाउँपालिका वडा नं. ३ को कार्यालयमा सम्पन्न भएको छ । वडा नं. ३ का वडा अध्यक्ष कर्णदेव डाँगी ज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा गाउँपालिकाका उपाध्यक्ष सिता खड्का पुन, कार्यापालिका सदस्यहरु, वडा सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु, पत्रकार, स्थानीय बुद्दिजिवीहरु, लगायत विभिन्न महानुभवहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन गाउँपालिकाका महिला, बालबालिका शाखा प्रमुख बसन्ता ओलीले गर्नुभएको थियो । जस अन्तरगत लोक दोहोरी प्रतियोगिता तर्फ प्रथम स्थानमा पैयाचौर समुह, द्धितिय स्थानमा महिला विकास समुह शितलनगर, तृतिय स्थानमा मा.वि. सरिकोट र सान्वत्ना स्थानमा काँरेबास आमा समुह रहेको थियो । कार्यक्रममा भाग लिई प्रथम ,दितिय र तृतित स्थान हासिल गर्ने समुहलाई प्रमाण पत्र र नगद सहित पुरस्कृत गरिएको हो ।
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा