त्रिवेणी गाउँपालिकाको आयोजनामा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न
त्रिवेणी गाउँपालिकाको आयोजनामा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नं. २ का वडा अध्यक्ष हस्त बहादुर राम्जाको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष सिता खड्का पुनले पहिलो सेवाग्राहीलाई औषधी वितरण गरेर उद्घाटन गर्नुभएको थियो । शिविरमा १ सय जना कृषकहरुका १ हजार १ सय ९० बाख्रा, ९ सय ८१ कुखुरा, १ सय १४ गाई÷गोरु, ७ वटा भैसीहरुलाई निशुल्क उपचार तथा औषधी बितरण गरिएको पशु सेवा शाखा प्रमुख बसन्त रावतले बताउनु भयो । साथै ९ वटा कुकुरलाई रेविज विरुद्धको खोप लगाईएको थियो । शिविरमा ड्रेचिङ, पशु बन्ध्याकरण सेवा, निशुल्क औषधी वितरण गरेको थियो । पहिले सानो कामको लागी पनि पालिकाको केन्द्र लुहाम पुग्नु पर्ने बाध्यता रहेकोमा अहिले आफ्नै गाउँमा शिविरमा सेवा लिन पाउदा सुखी भएको बताउछन । पालिकाको यस्तै अर्काे शिविर वडा नं. ५ मा संचालन हुने शाखाले जनाएको छ ।



- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







