सल्यानको दार्मामा भाई बुहारीमाथी एसिड प्रहार, तीन जना घाइते

   
त्रिवेणी अनलाइन
३१ श्रावण २०७९, मंगलवार १६:५३ मा

सल्यानमा एक व्यक्तिले आफ्नै भाई बुहारी माथि एसिड प्रहार गरेका छन । एसिड प्रहारबाट दार्मा गाउँपालिका वडा नम्बर ३ चम्पुटाकुराका निवासी भिम बहादुर रावत, उनकी श्रीमती र एक जना छिमेकी समेत गम्भीर घाइते छन । आफ्नै दाई बेचे रावतले सोमबार साँझ करिव ६ बजेतीर मापसे सेवन गरि लेनदेनको विषयलाई लियर बाँकेमा रहेको एभरेष्ट लिसा कम्पनीले खोटो सकंलन गर्न भनी घरमा राखेको एसिड ल्याई आफ्नै पसलमा बसीरहेको भाई ४९ वर्षिय भिम बहादुर रावत, बुहारी ४० बर्षिया दिपा रावतलाई एसिड छ्याप्ने क्रममा सोही पसलको ढोकामा उभिएका भिम बहादुर रावतको शरीरमा समेत पर्न गई घाईते भएका छन ।
घाईतेहरु तिनै जनाको अनुहार लगायत शरीरको विभिन्न भागमा पोलेको उनीहरुको उपचारको लागी श्रीनगर तर्फ पठाइएकोमा थप उपचारको नेपालगंज नर्सिङ होम गएकोमा पुनस्थप उपचारको लागि मगलबार किर्तिपुर सामुदायिक अस्पताल काठमाण्डौ लगीएको छ । अभियुक्त बेचे रावतलाई कुटपिट तथा अंगभंग तेजाब प्रहार मुद्दामा दिन ७ म्याद थप गरि थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया
Array