पशु स्वास्थ्य शिविरमा ३ हजार ७ सय ५९ पशुचौपायको उपचार
सल्यान १७, फागुन ।
सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ सिम्कमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा भएको शिविरमा १ सय ७० कृषकका ३ हजार ७ सय ५९ पशुचौपायको उपचार गरिएको छ । सोमबार भएको शिविरमा १ हजार ९ सय ३७ बाख्रा, १ हजार ४ सय १७ कुखुरा, १८ वटा भैँसी, ३ सय ५ गाई गोरु, ३३ भेडा, ८ वटा सुँगुरको उपचार तथा निःशुल्क औषधी वितरण गरिएको पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिनुभयो ।
उहाँका अनुसार ३९ वटा कुकुरमा रेबिज विरुद्धको खोप लगाइएको छ । शिविरमा निःशुल्क औषधी वितरण, बाख्रामा ड्रेन्चिङ सेवा, बन्ध्याकरण, निःशुल्क रेबिज विरुद्धको खोपको व्यवस्था गरिएको उहाँको भनाई छ ।

तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







