आज कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना
आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभावका कारण आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपातको सम्भावना छ ।
यी दुई प्रदेश बाहेक अन्य क्षेत्रमा भने आज मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ ।
काठमाण्डौसहित आसपासका क्षेत्रमा दिउँसो घाम लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । तर, भोलि भने काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ ।
मौसमविद् नगरकोटीका अनुसार आज राति पश्चिमी क्षेत्रबाट पश्चिमी वायु बिस्तारै पूर्वतर्फ सर्नेछ । प्रदेश-१ र २ बाहेक अन्य प्रदेशमा यसको प्रभाव भोलि देखिने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।
आज काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न