दार्मा गाउँपालिकाले ल्यायो ३९ करोडको बजेट

   
त्रिवेणी अनलाइन
११ असार २०७८, शुक्रबार ०८:०३ मा

प्रकाश शर्मा

दार्मा गाउँपालिका सल्यानले  ३९करोड ७०लाख ४० हजार रकम विनियोजन गरेको छ  । बिहीबार  नवौं गाउँसभामा  ३९ करोड बढीको बजेट वियोजित गरिएको हो ।दार्मा गाउँपालिका उपाध्यक्ष  टीका शर्माद्धारा प्रस्तुत बजेटमा  स्वास्थ्य, उत्पादन  र  रोजगारलाई प्राथमिकतामा राखिएको छ  ।

पशु पालनमा ३४ लाख ,कृषि मा ४५ लाख , खेलकुदमा ६ लाख , प्रधानमन्त्री तथा मुख्यमन्त्री  रोजगार कार्यक्रममा ६ करोड ८६ लाख २६ हजार , उद्यम बिकास प्रबर्द्धन तर्फ  ३१ लाख , गाउपालिका प्रशासन भबन निर्माणका  लागि ७ करोड १० लाख , सडकमा ४ करोड १४ लाख ,  महिला, दलित ,बालबालिकामा १० लाख,   छोरि सुरक्षा कार्यक्रममा १७ लाख  बजेट विनियोजन गरिएको छ ।

यस्तै   १५ शैय्या हस्पिटल  निमार्णका लागि १८ करोड,  स्वास्थ्यमा३ करोड २६ लाख  रकम विनियोजित गरियको छ ।

तपाइँको प्रतिक्रिया
Array