त्रिबेणी गाउँपालिकाद्धारा ३६ महिला स्वास्थ्य स्वयं सेविकालाई स्वास्थ्य सामग्री प्रदान
सल्यानको त्रिबेणी गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोभिड १९ को सन्दर्भ पारेर गाउँपालिकाका टोल टोलमा खटिएर स्वास्थ्य क्षेत्रमा अग्रनी भूमिका निर्वाह गर्दै आएका महिला स्वास्थ्य स्वयं सेविकाहरुसँग छलफल गरिएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी र उपाध्यक्ष करुणा खड्काले स्वास्थ्य क्षेत्रलाई माथि उकास्नको लागि महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । सो अबशरमा गाउपालिकामा रहेका ३६ जना स्वास्थ्य स्वयं सेविकाहरुलाई यातायात खर्च, पोशाक खर्च, मासिक बैठक खर्च, गाउघर क्लिनिकमा गएबाफत, सञ्चार खर्च लगाएतको रकम प्रदान गरिएको थियो । सोही कार्यक्रममा उनीहरुलाई झोला, छाता, मास्क, सेनिटाइजर पनि वितरण गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रभात श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य सामाग्री सहित बिभिन्न खर्चपाएपछि उनीहरु खुसी भएका छन् ।
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न