त्रिवेणी गाउँपालिकाले दियो किसानहरुलाई घाँसका बेर्ना
असार ६,सल्यान
घाँसमा आधारित पशुपालन गरी उत्पादन लागत कम गर्ने उद्देश्यका साथ सल्यानको त्रिवेणी गाउँपालिकाले किसानहरुलाई निःशुल्क विभिन्न जातका घाँसका विरुवा वितरण गरेको छ ।
पशु सेवा शाखाका अनुसार १ सय २९ कृषकलाई १२ हजार सेट्स सुपर नेपियर, १५ हजार सेट्स मुलाटो, ५ हजार सेटेरिया र ३ हजार ५ सय किम्बुका बेर्ना निःशुल्क वितरण गरिएको हो ।
आफ्नै पालिका भित्रका स्रोत केन्द्रले उत्पादन गरेका घाँसका बेर्ना किसानहरुलाई वितरण गरिएको शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो ।
पशुपालन तर्फ कृषकलाई आकर्षक गर्ने उद्देश्यले घाँसका विरुवा वितरण गरिएको उहाँको भनाई छ । कुनै पालिका वा फार्मलाई बर्खे घाँसको बेर्ना तथा सेट्स आवश्यक परे सम्पर्क गर्न समेत उहाँले बताउनु भयो।
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
- सल्यानमा सिकाई स्तर अनुसार शिक्षण विधि प्रभाकारिता बन्दै
- त्रिवेणी गाउँपालिकाले दियो सुनौलो हजार दिनका ८८६ आमालाई पोषण सामग्री
- सुनौलो हजार दिनका आमा र बच्चाको पोषण सुधारका लागि कुखुरा वितरण
- गायत्री प्राथामिक बिद्यालयले मनायो ३४ औ वार्षिकोत्सब
- त्रिवेणी गाउँपालिकाद्धारा ३ जना सडक मानवको उद्धार- गा.पा. अध्यक्ष र वडा अध्यक्षले दिए एक महिनाको सुविधा बापतको रकम
धेरैले पढेको