सल्यानमा बसमा अफिम सहित पक्राउ परेका ४ जनालाई १५ वर्ष कैद, जनही ५ लाख जरिवाना

   
त्रिवेणी अनलाइन
१९ फाल्गुन २०७७, बुधबार १६:०३ मा

लागु औषध अफीम ओसारपसारमा सलग्न ५ जनालाइ जिल्ला अदालत सल्यानले कैद तथा जरिवानाको फैसला सुनाएको छ । सोमवार जिल्ला अदालत सल्यानका न्यायाधिष कुल प्रसाद पाण्डेको इजलाशले अभियुक्तहरुलाइ कैद तथा जरिवानाको फैसला सुनाएको हो ।

सल्यानको बागचौर नगरपालिका–९ सिमखोलीबाट ०७६ मंसिर १३ गते बसमा लुकाएर राखेको अवस्थामा दुइ किलो पाँचसय ग्राम अफीम सहित पक्राउ परेका सल्यान जिल्ला शारदा नगरपालिका– ७ निवासी झक्कु प्रसाद बोहरा, अछाम जिल्ला तुर्माखाँद गाउँपालिका – ८ निवासी प्रकाश शाही र रुकुम जिल्ला मुसिकोट नगरपालिका–७ निवासी बलसिंह नेपालीलाइ १५ वर्ष कैद तथा जनही ५ लाख जरिवानाको फैशला भएको जिल्ला अदालत सल्यानका श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिनुभयो ।

लागु औषध ओसार पसारमा सहयोग पुर्याएको भन्दै सवारी चालक सल्यान जिल्ला बागचौर नगरपालिका– १० निवासी टेकम प्रसाद शर्मा र रुकुम जिल्ला मुसिकोट नगरपालिका–७ निवासी मिना पाण्डेलाइ समेत ७ वर्ष कैद र दुइ लाख पचास हजार जरिवानाको फैशला भएको श्रेस्तेदार ज्ञवालीले बताउनुभयो ।

मंसिर १३ गते रुकुमबाट दांग जाँदै गरेको ना ५ ख ४९९५ नम्बरको यात्रुबाहक बसमा लागु औषध ओसार पसार भइ रहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमखोलीबाट खटिएको प्रहरी टोलीले आरोपितहरुलाइ पक्राउ गरेको थियो । चालकको सीट माथी डिक्कीमा लुकाइ राखेको अवस्थामा लागु औषध अफीम बरामद भएको प्रहरीे जनाएको छ ।

तपाइँको प्रतिक्रिया
Array