टिकटक बनाउने क्रममा घाइते तुलसीपुरका युवकको मृत्यु

   
त्रिवेणी अनलाइन
६ पुष २०७७, सोमबार १२:०८ मा

५  पुस ।  पश्चिम दाङमा  टिकटक बनाउने क्रममा  झुलुंगे पुलबाट खसेर  गम्भीर घाइते  युवकको मृत्यु  भएको  छ ।  मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षिय रमेश थापा रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

उपचारकाक्रममा  कोहलपुर मेडिकल कलेजमा आज बिहान  मृत्यु  भएको  हो ।

शनिबार दिउसाे दुई बजेतिर बबई गाउँपालिका वडा नं. ५ हापुरे स्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा उनि खसेका थिए ।

तपाइँको प्रतिक्रिया
Array