सल्यानमा बसले मोटरसाईललाई ठक्कर दिदा ३ जना घाईते
सल्यानमा बसले मोटरसाईकललाई ठक्कर दिदा तिन जना घाईते भएका छन । जयचौर देखी श्रीनगरसम्म आउदै गरेको ना ५ ख २९८ नम्बरको बस र बिपरित दिशाबाट आईरहेको मोटरसाईकललाई बिहान १० बजेतिर छत्रेश्वरी गाउँपालिका वडा नं ६ को शिवगुफा नजिकै ठक्कर दिदा मोटरसाईलमा सवार छत्रेश्वरी गाउँपालिका ६ बस्ने २३ वर्षिय बिरेन्द्र बि.क, २४ वर्षिय सन्तोष बिक र ४ वर्षिय नगेन्द्र बिक घाईते भएका छन । घाईते मध्य २ जनाको श्रीनगर स्थीत कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ भने मोटरसाईकल चालक बिरेन्द्र बिकलाई थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको ट्राफिक प्रहरी प्रमुख सन्दीप बिकले बताएका छन । बसलाई नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय शितलपाटीमा राखीएको छ । तिब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।

तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







