सल्यानको कपुरकोट बजार एक साताका लागि सिल
सल्यानको कपुरकोट बजार क्षेत्र एक साताका लागि सिल गरिएको छ । धनवाङ स्वास्थ्य चौकी कपुरकोटमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाईरस कोभिड –१९ को संक्रमण पुष्टी भएपछी विहिबार गाउँपालिकामा बसेको सर्वपक्षिय, सर्वदलीय बैठकले एक साताका लागि सिल गर्ने निर्णय गरेको हो ।

संक्रमीत ब्यक्ति धेरैको सम्पर्कमा रहेकाले र यस अघि पनि समुदाय स्सतरमा गरिएको परीक्षणमा एक ब्यक्तिलाई कोरोना भेटिएपछी स्थितिलाई भयावह हुनबाट रोक्नका लागि सिल गरिएको गाउँपालिकाले जनाएको छ ।
विहिबार राती १० बजे देखि यहि भदौ २५ गते राती १० बजे सम्मका लागि कपुरकोट गाउँ कार्यापालिकाको कार्यालयय, ३ नम्बर वडा कार्यालय तथा कपुरकोट बजार क्षेत्रका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, बैंक, वित्तीय संस्थाहरुले प्रदान गर्ने सेवा बन्द गरी कपुरकोट बजार क्षेत्र पूर्ण रुपमा सिल गरिएको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले जानकारि दिए ।
कपुरकोटमा सञ्चालन हुने तरकारी बजार पनि बन्द रहने र कुनै पनि ब्यापारीहरुलाई गाउँमा जान प्रतिबन्ध लगाइएको छ। सम्पूर्ण गाउँपालिकावासीलाई आ–आफ्नो स्थानमा सुरक्षित रही एक सभ्य नागरिकको भुमिका निर्वाह गरिदिन गाउँपालिकाले एक सूचना मार्फत आग्रह गरेको छ ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







