सल्यानमा १ महिना सम्म रिपोर्ट नआएपछि ७० जना क्वारेन्टाइनबाट भागे
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको एक क्वारेन्टाइनबाट ७० जना भागेका छन् । क्वारेन्टाइनमा बसेको महिना दिन पुगिसक्दा पनि पिसिआर रिर्पोट नआएको भन्दै उनिहरु क्वारेन्टाइनबाट भागेका हुन् ।
बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्वर ३ स्थीत आधारभुत विद्यालय लहाघाटमा बसेका ७३ जना मध्ये ७० जना भागेर घर गएका हुन । उनिहरुले प्रहरीहरुलाई ढुंगामुढा गरेर त्यहाँबाट भागेको नगरपालिकाका मेयर गोविन्द कुमार पुनले जानकारी दिनुभयो । उनिहरु जेठ १९ गतेदेखि सोहि क्वारेन्टाइनमा बस्दै आएका थिए ।
उनिहरु क्वारेन्टाइनमा बसेको १७ दिनपछि श्वाव संकलन गरि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो । पहिले आरडिटि गरेर पोजेटिभ देखिएकाको पिसिआर गर्दा पोजेटिभ देखिएपछि उनिहरुकेको पनि पिसिआर परिक्षणका लागी श्वाव संकलन गरिएको थियो ।
तर एक महिना सम्म आफुहरु क्वारेन्टाइनमै बस्नुपरेको र रिर्पोट नआएको भन्दै उनिहरु क्वारेन्टाइनबाट भागेका हुन । मेयर पुनले सुर्खेत पठाएको श्वाव त्यहाँ मेसिन विग्रीएपछि नेपालगंज पठाइएको र नेपालगंजले पनि आजभोली भन्दै टारेकोले समस्या भएको बताउनुभयो ।
क्वारेन्टाइबाट भागेकाहरुकाके खोजि भैरहेको मेयर पुनले बताउनुभयो ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







