भारतबाट तरकारी ल्याएपछि मन्डी नै सिल, चारजना क्वारेन्टाइनमा

   
त्रिवेणी अनलाइन
२ बैशाख २०७७, मंगलवार १२:५० मा

२ वैशाख/ दाङको तुलसीपुरको तरकारी मन्डीमा भारतबाट तरकारी आयत भएपछि मण्डी नै सिल गरिएको छ ।यस अघि नै तुलसीपुर उपमहानगरपालिकाले दाङमै प्रयाप्त तरकारी उत्पादन भएकाले भारतबाट तरकारी आयत नगर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयको अबज्ञा गर्दै अबैद्य रुपमा तरकारी भित्र्याएपछि मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित तरकारी तथा फलफुल बजार सिल गरिएको हो । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता तथा हित संरक्षण शाखा, तुलसीपुर उद्योग बाणिज्य संघ सहितको टोलीले मन्डी सिल गरेको हो ।

भारतमा कोरोना संक्रमण फैलिएको भन्दै तरकारी भित्र्याउँदा संगै कोरोना पनि भित्रिन सक्ने भन्दै मन्डी सिल गरिएको हो । प्रत्येक दिन पाँचवटा सम्म भारतीय गाडीले तरकारी ल्याउने गरेको भन्दै आफुहरुले यसबाट कोरोना संक्रमणको जोखिम बढेको भन्दै सिल गरेको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरु रावतले जानकारी दिए ।

यस्तै भारतीय तरकारी र फलफुल विक्री गरेको भन्दै सापकोटा तरकारी पसल र मनोज फ्रुट हाउसका सञ्चालकलाई कारवाही गरिने भएको छ । त्यस्तै वडा नं. ५ मा स्थित साँझा वजारमा पनि अनुगमनका क्रममा भारतिय तरकारी प्रसस्त मात्रामा भेटिएपछि सिल गरिएको छ ।

सञ्चालक दुवैलाई संक्रमणको आशंकामा तुलसीपुरको क्वारेन्टाइनमा लगिएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य पबद्र्धन महाशाखाका जनस्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिए। यस्तै भारतीय गाडिमा आएका चालकसहित चारजनालाई उपमहानगरपालिकाले क्वारेन्टाइनमा राखेको छ । उनीहरुले तरकारी कसरी भित्र्याए भन्ने बिषयमा अनुसन्धान भईरहेको छ ।

तपाइँको प्रतिक्रिया
Array