त्रिबेणी गाउँपालिका सल्यानले लगायो शतप्रतिशत बालबालिकालाई दादुरा रुबेला बिरुद्धको खोप

   
त्रिवेणी अनलाइन
१३ चैत्र २०७६, बिहीबार १९:५८ मा

चैत्र, १३ सल्यान
त्रिबेणी गाउँपालिका सल्यानका १ हजार ३५१ बालबालिकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाइएको छ । दादुरा रुबेला खोप अभियान अन्तर्गत गत चैत ८ गतेदेखि चैत १२ गते सम्म ९ महिनाभन्दा माथि र ५ वर्ष मुनिका बालबालिकालाई सो खोप लगाइएको हो । खोप अभियानमा ९ महिना देखी २ वर्ष सम्मका ४०९ बालबालिका त्यसैगरी २ वर्षदेखी ५ वर्षसम्मका ९४२ जना बालबालिकाहरु गरि कुल १ हजार ३ सय ५१ जनालाई खोप लगाइएको त्रिबेणी स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले जानकारी दिनुभयो ।


बालबालिकालाई दादुरा तथा रुबेला रोग लाग्न नदिनका लागि यो अभियान सञ्चालन गरिएको हो । दादुरा रुबेला खोप अभियानका लागि गाउँपालिका भित्रका ६ वडाका बिभिन्न स्थानमा ३७ खोप केन्द्र बनाई १ जना स्वास्थ्यकर्र्मी र २ जना स्वयंसेवक परिचालन गरिएको थियो ।

नेपालबाट सन् २०२३ सम्म दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्यका साथ राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन हुँदैछ । बच्चा जन्मिएको ९ र १५ महिनापछि यो खोप लगाउनुपर्छ । नेपालमा २१ प्रतिशत बालबालिकाले पुर्ण खोप नलगाएको सरकारी तथ्यांक छ भने एक प्रतिशत बालबालिका पुर्णतः खोपबाट वञ्चित छन ।

तपाइँको प्रतिक्रिया
Array