नीतिनको नयाँ वेब सिरिज ‘बाजी’

   
त्रिवेणी अनलाइन
२१ बैशाख २०७६, शनिबार १०:३१ मा
काठमाडौं : चलचित्र ‘जोनी जेन्टलमेन’, सयौं म्युजिक भिडियो तथा ‘हाम्रो हाइस्कुल’ र रङ टाइम’ जस्ता वेब सिरिज निर्देशन गरेका नीतिन चन्दले नयाँ वेब सिरिज ‘बाजी’ तयार पारेका छन्। हालै मात्र यो सिरिजको गीत र पोस्टर सार्वजनिक भएका छन्। सार्वजनिक गीतमा स्वचित शाक्यको शब्द, संगीत तथा स्वर छ।

‘बाजी’ रोमान्टिक थ्रिलर जनरामा बनेको नेपाली वेब सिरिज हो। दुई साथीबीच भएको सामान्य चुनौतीले कसरी जिन्दगी नै बाजीमा पर्छ भन्ने मुख्य विषय उठान भएको ‘बाजी’ प्रेम, द्वन्द्व तथा बदलाको कथामा बनेको निर्देशक चन्दले बताए।

‘बाजी’ मा वियोन्ड र निर्जला खनालको प्रमुख अभिनय छ। वियोन्ड नयाँ पुस्तामाझ चर्चित गायक, गीतकार तथा संगीतकार हुन्। उनका ‘आइदेऊ न’, ‘लै लै’, ‘किच किच’, ‘ओ मैचा’ लगायतका गीत युट्युबमा चर्चित छन्। निर्जला चर्चित आरजे हुन्। वियोन्ड र निर्जलाले ‘पर्खांइ’ नामक लघुचलचित्रमा अभिनय गरिसकेका छन्। उक्त चलचित्रमा यो जोडीलाई रुचाइएको थियो।

यो सिरिज जेठ २ गते देखि प्रत्येक बिहीबार योर स्टाइलको युट्युब च्यानलमार्फत प्रसारण हुने बताइएको छ। योर स्टाइल र सिनेमाघर एपको सहकार्यमा बनेको यो सिरिज आठ शृंखलासम्म प्रसारण हुनेछ। योर स्टाइल र सिनेमाघरले आगामी दिनमा पनि यसैगरी सहकार्य गरेर वेब सिरिज बनाउने सिनेमाघर एपका कार्यकारी सागर खरेलले बताए।

]]>
तपाइँको प्रतिक्रिया
Array