दाङमा माेटरसाइकल दुर्घटना, एक जनाकाे ज्यान गयाे

   
त्रिवेणी अनलाइन
१६ फाल्गुन २०७६, शुक्रबार ०७:२६ मा

दाङ – दाङको बागरखोलामा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाकाे ज्यान गएको छ ।

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका ८ अश्वारा निवासी १९ वर्षीय गौरव डाँगीकाे ज्यान गएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।  अश्वाराबाट पश्चिमतर्फ गइरहेको रा ४ प १२७० नम्बरकाे मोटरसाइकल दङ्गीशरण गाउँपालिका ५ काे बागरखोलामा दुर्घटना भएकाे हाे ।

दुर्घटनामा गम्भीर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा अमिलियामा ज्यान गएकाे तुलसीपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) चक्रबहादर डमरपालले जानकारी दिनुभयाे । 

तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

तपाइँको प्रतिक्रिया
Array