सल्यानमा ट्याक्टर दुर्घटनामा परि १ को मृत्यु

   
त्रिवेणी अनलाइन
२ फाल्गुन २०७६, शुक्रबार २२:२४ मा

फागुन २ सल्यान
सल्यानमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मुत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नं. ९ धामीढुङ्गामा शुक्रबार बेलुका ६ बजे तिर ना ६ त ९२१३ नंम्बरको ट्याक्टर दुर्घटना हुदा रौतहट सन्तपुर नगरपालिका ६ का अलिम महम्मद को घटनास्थलमै मृत्यु भएको हो । सिरक डसना बनाउनको लागी गाँउमा पुगेका उनको ट्याक्टर दुर्घटना हुदा मृत्यु भएको हो । धामीढुङ्गाबाट फर्कने क्रममा घुम्तीमा ब्याक गर्दा अनियन्त्रीत भई दुर्घटना भएको अस्थायी प्रहरी चौकी पातिहाल्नाले जानकारी दिएको छ । ट्याक्टरमा सवार अर्का एक जना भने हाम फालेर सकुसल रहेका छन ।

तपाइँको प्रतिक्रिया
Array