नेपालले हरायो अमेरिकालाई, कुशलको विश्व रेकर्ड
२५ माघ, काठमाडौं । युवा खेलाडी कुशल मल्लको डेब्यु ओडीआई (एक दिवशीय) मै अर्धशतक अनी विनोद भण्डारीको अर्धशतक प्रेरित नेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई ३५ रनले हराएको छ ।
कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको अमेरिका १५५ रनमै समेटियो । अमेरिकाले ४४.१ ओभरमा १५५ न बनाउँदा सबै विकेट गुमायो ।
नेपालको जीतमा करण केसी, सुसन भारी, सन्दिप लामिछाने र कुशल मल्लको उत्कृष्ट बलिङ पनि निर्णायक बन्यो । खेलमा ५० रन बनाएका कुशल मल्ल ओडीआई क्रिकेटको डेब्युमा अर्धशतक बनाउने विश्वकै कान्छो क्रिकेटर बनेका छन् ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
धेरैले पढेको